Like us!
Follow us!
Connect us!
Watch us!

अब स्मार्ट लकडाउन

अर्थ संसार

शनिबार, १६ साउन २०७८, ०८ : ०२ मा प्रकाशित

अब स्मार्ट लकडाउन

सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। 

‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे।

अहिलेसम्म हुँदै आएका लकडाउन  जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ। 

(यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको