Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले घोषणा गर्याे ३ वटै म्युचुअल फण्डकाे लाभांश, कुनकाे कति ?

अर्थ संसार

शनिबार, १६ साउन २०७८, ११ : ३७ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले घोषणा गर्याे ३ वटै म्युचुअल फण्डकाे लाभांश, कुनकाे कति ?

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहीक लगानी काेषकाे लाभांश घाेषणा गरिएकाे छ ।

याेजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलकाे हिजाे (श्रावण १५ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घाेषणा गरेकाे हाे ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने गरी लाभांश घाेषणा गरिएकाे क्यापिटलले जानकारी दिएकाे छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको