Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, राेकिएन हाइड्रोमा लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, १७ साउन २०७८, १५ : ०२ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, राेकिएन हाइड्रोमा लगानीकर्ताकाे आकर्षण

अघिल्लाे साता नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सामान्य सुधार देखिएकाे छ । आइतबार सेयर बजार झिनाे अंकले बढेकाे हाे ।

घट्ने र बढ्ने सेयर बजारकाे नियम नै हाे । अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । साउन मसान्तसम्म सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.२४ अंकले बढेर ५७२.१५ मा पुगेको छ ।

कूल २२६ वटा कम्पनीकाे ३ कराेड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61066c2fbe942.jpg

61066c3a51843.jpg

स्टकका अनुसार काराेबार भएका कूल १३ उपसमूहमध्ये, ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

61066c4374b2a.jpg

पछिल्लाे केही दिनबाट हाइड्राेपावरमा लगानीकर्ताहरूकाे आकर्षण दिनदिनै बढिरहेकाे छ । आइतबार पनि हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण कायम नै छ ।

सर्वाधिक काराेबार हुने १० कम्पनी

61066c4abf8f0.jpg

सर्वाधिक नाफा कमाउने १० कम्पनी 

आइतबार ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीनर्जी पावर, कालिका पावर, युनिभर्सल पावर, घलेम्दी हाइड्राेपावर, ग्रीन लाइफ हाइड्राेपावर र जीवन विकास लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

61066c508ac2a.jpg

सर्वाधिक नाफा गुमाउने १० कम्पनी

61066c5a67dd1.jpg

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको