हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो।
स्वीकृतिअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। यसअनुसार विद्यमान सेयरधनीहरूले आफ्नो स्वामित्वको प्रत्येक दुई कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ।
उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि अब आवश्यक प्रक्रिया पूरा गर्दै हकप्रद सेयर निष्काशनको तयारी अघि बढाउने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस