Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको नाफा ६६६.८१ प्रतिशतले बढ्याे, ईपीएस कति ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ०७ : ०३ मा प्रकाशित

वोमी लघुवित्तको नाफा ६६६.८१ प्रतिशतले बढ्याे,  ईपीएस कति ?

वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा चाैथाे त्रैमाससम्म संस्थाकाे प्रमूख वित्तीय सूचकहरूमा आकर्षक वृद्धि देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ६६६.८१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ३२ करोड १० लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८७.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड १४ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा ५७९.१० प्रतिशतले बढेर २२ करोड ३९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड २९ लाख ८० हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १४.०५ प्रतिशतले बढेर ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि २१०.६१ प्रतिशतले बढेर २९  करोड ४८ लाख ४३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6107494cc68f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको