Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको नाफामा ६५ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

वोमी लघुवित्तको नाफामा ६५ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति ?

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ३१ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७७.४८ प्रतिशतले बढेर २० करोड ७४ लाख २४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६८ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१.९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख ६६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ८ करोड ४३ लाख ३६ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ र जगेडा कोषमा ३० करोड ८६ लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ४९ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f34cd71cf6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको