Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयरमा लाग्ने कर जम्मा गर्न वोमि लघुवित्तको आग्रह, नतिरे बोनस नपाईने

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०८ : ०६ मा प्रकाशित

बोनस सेयरमा लाग्ने कर जम्मा गर्न वोमि लघुवित्तको आग्रह, नतिरे बोनस नपाईने

वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  

कम्पनीको पुष १६ गते सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २० बोनस सेयर पारित गरेको थियो । २०७७ चैत्र ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्ममा कायम सेयरधनीहरुले उक्त सेयरमा लाग्ने कर भने तिर्नु पर्ने जनाएको छ । 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ। ्

संस्थाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्नुपर्ने हुँदा यस संस्थाको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, दुर्गा भवन, नागपोखरी-१ नक्साल, काठमाडौं वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतको रकम एकिन गरी कुमारी बैंकमा रहेको KCL-WOMI TAX COLLECTION 2077/78 खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सूचना गरेकाे हाे ।

बुक क्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने छ । हालसम्म आफ्नो सेयर अभौतिकीकरण नरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस सेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने संस्थाले जनाएकाे छ ।

बोनस सेयर बापत लाग्ने करको विवरण शेयर रजिष्ट्रारको Website :| www.kumaricapital.com बाट प्राप्त गर्न सकिने छ।

संस्थाले प्रकाशन गरेको सूचनाः

6233ee1001f6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको