Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७९ लाख १९ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १६ : २७ मा प्रकाशित

नेप्सेमा ७९ लाख १९ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

संस्थाले पहिलाे काराेबारका लागि एक हजार ३ सय ७३ रूपैयाँ ४० पैसा ओपनिङ्ग रेञ्ज पाएकाे छ । यी २ संस्थाकाे एकिकृत काराेबार भएपछि नेप्सेमा SWMF सिम्बाेल कायम भएकाे छ ।

627a4234ce2de.jpg 627a423a1cd6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको