Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सामलिङ्ग पावरको आईपीओ स्थगित

अर्थ संसार

बुधबार, २० साउन २०७८, ०७ : १४ मा प्रकाशित

यसकारण सामलिङ्ग पावरको आईपीओ स्थगित

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकाे साधारण सेयर (आईपीओ) हाललाई स्थगित गरिएकाे छ ।

हाल विश्वव्यापी रूपमा फैलिरहेकाे कोरोना भाइरसकाे संक्रमणका कारण ईलाम जिल्लामा पनि साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे छ । निषेधाज्ञाका कारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओ भर्न जान असहज हुने भएकाले अर्काे सूचना प्रकाशन नभएसम्म हाललाई आईपीओ स्थगित गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।

6109ee01c9204.jpg 

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न बाेर्डले अनुमति दिएकाे छ ।

जसमध्य कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएकाे छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३र१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको