Like us!
Follow us!
Connect us!
Watch us!

अप्परको सेयर मूल्यमा सकारात्मक सर्किटः सेयरको माग ३ लाख बढि कित्ता, बेच्ने सून्य

अर्थ संसार

बुधबार, २० साउन २०७८, ११ : ३० मा प्रकाशित

अप्परको सेयर मूल्यमा सकारात्मक सर्किटः सेयरको माग ३ लाख बढि कित्ता, बेच्ने सून्य

आज बुधबारको सेयर कारोबारमा कारोबारको प्रारम्भमै अप्पर तामाकोशिको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यो समाचार तयार हुँदासम्म यो कम्पनीको माग पनि दोस्रोबजारमा अत्याधिक देखिएको छ । 

कम्पनीको सेयरको ३ लाख २६ हजार भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको उपस्थिती भने सून्य छ । 

आज कारोबार सुरुभएको केहि मिनेटमा नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि हुँदै ७६१ रुपैयाँ २० पैसा पुगेको छ । भोलिबाट कम्पनीको व्यवसायिक बिद्युत उत्पादन सुरु हुने समाचार बाहिरिएसंगै आज यो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । 

चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै ९६ ओटै० युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनमार्फत ४००र२२० केभी ढल्केबर सब–स्टेशनसम्म पु¥याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

खिम्ती सबस्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको