Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा यूरोसर्जनको निःशुल्क ओपिडी हुने

अर्थ संसार

बुधबार, २० साउन २०७८, १३ : २९ मा प्रकाशित

नर्भिकमा यूरोसर्जनको निःशुल्क ओपिडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार बरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् । 

प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्रि ओपिडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिबार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक शनिबारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेभसाइट र फेसबुक पेजबाट गराइनेछ । 

यसअघिको शनिबार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपिडी सेवा दिएका थिए । उनीहरुको निःशुल्क ओपिडी सेवामा बिरामीहरुको थामिनसक्नु भीड लागेको थियो । 

नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको