Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे कोरोना संक्रमण : ४१०७ जनामा संक्रमण पुष्टि

अर्थ संसार

बुधबार, २० साउन २०७८, १६ : ३७ मा प्रकाशित

बढ्याे कोरोना संक्रमण : ४१०७ जनामा संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार एक सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

बुधबार काठमाडौंमा ९०८ जनामा, ललितपुरमा १६५ जनामा र भक्तपुरमा २०६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये ६ लाख ६१ हजार ६ सय ५१ जना निको भएका छन् । यस्तै, हालसम्म मृतकको कुल संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ३५ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको