Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको जीवन विकासले यसरी गर्याे प्रगति : नाफासँगै अधिकांश सूचकमा चमक

अर्थ संसार

विहीबार, २१ साउन २०७८, ०७ : ४९ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको जीवन विकासले यसरी गर्याे प्रगति : नाफासँगै अधिकांश सूचकमा चमक

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४९.२९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

संस्थाकाे प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेकाे छ । संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा एक अर्ब ३० कराेड ९४ लाख रुपैयाँ छ ।

संस्थाले हालै मात्र प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

610b4a0a601f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको