Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको नाफामा राम्रो सुधार हुँदा अरू सूचकमा के भयाे ?

अर्थ संसार

विहीबार, २१ साउन २०७८, ०९ : २० मा प्रकाशित

स्वाभिमान लघुवित्तको नाफामा राम्रो सुधार हुँदा अरू सूचकमा के भयाे ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १५५.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड २२ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५५.४३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड २२ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ८९.१९ प्रतिशतले बढेर ४ कराेड ९० लाख २२ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २ कराेड ५९ लाख १२ हजार रूपैयाँ थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ कराेड २० लाख ५० हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ६ करोड ६९ लाख ४३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ४१.३ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

610b5e2c3a593.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको