Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानीमा शतप्रतिशत भन्दा बढिले बृद्धि

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १० : ४३ मा प्रकाशित

नेरुडे लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानीमा शतप्रतिशत भन्दा बढिले बृद्धि

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १८ करोड २३ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५७.३१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५६ करोड ७२ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४७.७८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ३८ करोड ३८ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाले सम्भावित जोखिम बापतको व्यवस्थामा १९ करोड १७ लाख रुपैयाँ छुट्याएको छ गतबर्ष संस्थाले यो शिर्षकमा ८ करोड १५ लाख २५ हजार रुपैयाँ छुट्याएको थियो । 

त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको चुक्ता पूँजी एक ४९ करोड ३८ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा ६३ करोड ५२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९२ पैसा रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको