Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, ०७ : ४६ मा प्रकाशित

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको १६ औँ बार्षिक साधारणसभा माघ २८ गते उद्योग संगठन मोरङको सभाहल, बिराटनगरमा ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश गरी कुल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको