Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गर्दै लाभांश प्रस्ताव नगर्ने निर्णय

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : ०५ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गर्दै लाभांश प्रस्ताव नगर्ने निर्णय

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष लाभांश नदिने गरी वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा जेठ ५ गते (शनिबार) धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

लाभांश प्रस्ताव छैन

यस पटकको साधारणसभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन। कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ।

लेखापरीक्षक नियुक्ति र सञ्चालक निर्वाचन

सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ र पारिश्रमिक पनि निर्धारण गर्नेछ। साथै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक सदस्यहरूको निर्वाचन पनि गरिनेछ।

बुक क्लोज वैशाख २१ गते

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गतेलाई बुक क्लोज मिति तोकेको छ। त्यस अनुसार, वैशाख २० गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको