Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन नेरुडे लघुवित्तको आग्रह

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ०७ : ५४ मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन नेरुडे लघुवित्तको आग्रह

नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । संस्थाका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन संस्थाले अनुरोध गरेको हो । 

संस्थाको आर्थिक बर्ष २०६६/६७ देखि २०७२/७३ सम्मका साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाभांश लिन संस्थाले आग्रह गरेको छ । 

सेयरधनीहरुले संस्थाको शेयर राजिष्ट्रार आबीबी मर्चेण्ट बैंकिङको कार्यालय काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ । 

भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण संस्था तथा संस्थाको शेयर राजिष्ट्राको वेवसाइट  बाट डाउनलोड गरी हेर्न सकिनेछ। यो सूचना प्रकाशित मितिले ३५ दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको