Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गरेकाे मनकामना स्मार्ट लघुवित्तकाे नाफा ५८९.३१ प्रतिशतले बढ्याे, कति छ ईपीएस ?

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १२ : ०९ मा प्रकाशित

आईपीओ निष्कासन गरेकाे मनकामना स्मार्ट लघुवित्तकाे नाफा ५८९.३१ प्रतिशतले बढ्याे, कति छ ईपीएस ?

भर्खरै मात्र साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५८९.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चौथो त्रैमासमा संस्थाले ९१ करोड ८० लाख रुपैयाँ राइट ब्याक गरेको छ । यसैले गर्दा पनि संस्थाकाे खुद नाफा बढ्न मद्दत पुगेकाे हाे ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११८.५३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ७६ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

यस अवधिसम्ममा संस्थाकाे निक्षेप संकलन १२४ प्रतिशतले बढेर ३२ करोड ११ लाख रुपैयाँ पुग्दा कर्जा लगानी १०० प्रतिशतले बढेर ९७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाकाे प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेकाे छ । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको