Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १३ : २४ मा प्रकाशित

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

नेपाल सरकारले यही साउन २५ गते साेमबारदेखि साउन ३२ गते साेमबारसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गते साेमबारदेखि साउन ३२ गते साेमबारसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।

याे सप्ताहभरी जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइन्छ ।

नेपालमा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि सुरू भइसकेकाे उनले बताएका छन् । 

उनका अनुसार आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको