Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : अख्तियारले सुरू गर्याे छानबिन

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १४ : १२ मा प्रकाशित

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : अख्तियारले सुरू गर्याे छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान गर्न कदम अघि बढाएकाे छ । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना पनि कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर खरिदमा संलग्न भएकाे विषयमा अख्तियारले पनि अनुसन्धान सुरु गरेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

अख्तियारले बोर्डका अध्यक्ष ढुङ्गानासँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग माग गरेको छ । अख्तियारले कागजातहरु प्राप्त भएपछि आरोपित सबैलाई बयानका लागि बोलाइन्छ । 

यही विषयमा आइतबार अख्तियारमा केही लगानीकर्ताहरुले लिखित उजुरी समेत हालेका छन् ।

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना र सञ्चालक चन्द्र ढकाल जाेडिएका छन् ।

 नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले पनि बोर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न माग गरेको छ ।

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको