Like us!
Follow us!
Connect us!
Watch us!

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १२ : ०० मा प्रकाशित

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

नियामक निकाय नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले बोर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न माग गरेको छ । उनीहरू सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएकाले निलम्बनकाे माग गरिएकाे हाे । 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यूनियनले ध्यानाकर्षण भएकाे जनाएकाे छ । 

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

धिताेपत्र एनकाे प्रारम्भिक खण्डकाे दफा (२) परिभाषामा धिताेपत्र र निष्कासन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, सञ्चार माध्यममा प्रकाशित विषयले बाेर्डकाे अध्यक्षकाे इमान्दारिता, कानूनी प्रावधान र आचार संहिता अनुसार गम्भिर नैतिक पतन (Utmost Moral Hazard) भएकाे देखिएकाे युनियनको भनाई छ । 

करिव ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न माग गरिएकाे छ ।

यूनियनकाे विज्ञप्ति यस प्रकारकाे छ :

 

61063e74374b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको