Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर थपियो

अर्थ संसार

शनिबार, २३ साउन २०७८, ०८ : ५७ मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर थपियो

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार ७ कम्पनीको २ करोड ६१ लाख ३० हजार १८९ दशमलव १७ कित्ता सेयर सूचीकृत भएको हो । जसमध्ये २ कम्पनीको साधारण सेयर आईपीओ र अन्य ५ कम्पनीको बोनस सेयर रहेका छन् । यस साता युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आईपीओ त्यसैगरी,नाडेप लघुवित्त, फरवार्ड माइक्राेफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्याेरेन्सको बोनस सेयर सूचिकृत भएको हो ।

कुनको कित्ता कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।स्टकका अनुसार कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

त्यसैगरी, आइतबार नै नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ । कम्पनीकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

यसैगरी, फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

सेयरबजारमा पछिल्लो समय Fundamental ले काम गर्न छोडेको हो ? Arthasansar Talk with Hemanta Basyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको