याे साता सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यस साता सेयर बजारले ३१ सय बिन्दु पार गरेर अर्को नयाँ उचाई कायम गरेको हो । बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगी बन्द भयाे । याे विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे ।
सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे उत्साहका कारण काराेबार रकममा पनि राम्रै देखिन थालेको छ ।
यस साता नेप्से परिसूचक २७ दशमलव ६२ अंकले बढेर ३१०७ दशमलव ४५ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३०७९ दशमलव ८३ विन्दुमा रोकिएको थियो ।
यस साता सेन्सेटिभ परिसूचक पनि ८.१५ अंकले बढेर ५७९ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५७० दशमलव ८५ विन्दुमा रोकिएको थियो ।
यस साता औसतमा दैनिक १२ अर्ब ९० कराेड भन्दा माथीको कारोबार भएको छ । याे साता धेरैमा १५ अर्ब ५९ कराेड र थाेरैमा १० अर्ब ९८ कराेडकाे काराेबार भयाे ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख पुगेको छ । गत साताको तुलनामा यस साता बजार पूँजीकरण ५३ अर्ब ८० करोड रुपैयाँले बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ थियो । साताको चौथो कारोबार दिन बुधवार कुल बजारपूँजीकरण हालसम्मकै सर्वाधिक ४३ खर्ब ५९ अर्ब ४७ करोड ७० लाख रुपैयाँसम्म पुगेको छ ।
यस साता सेयर कारोबार भने अघिल्लो साताको तुलनामा घटेको छ । यस साता १३ करोड १० लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अघिल्लो साता १६ करोड ७५ लाख ६६ हजार कित्ता सेयर कारोबार भएको थियो ।
यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा जीवन विकास लघुवित्त वित्ती संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ता रहेका छन् ।
यस साता सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र लक्ष्मी उन्नति कोषका लगानीकर्ता रहेका छन् ।
यस साता अपि पावर कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले २ अर्ब २७ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार ७ कम्पनीको २ करोड ६१ लाख ३० हजार १८९ दशमलव १७ कित्ता सेयर सूचीकृत भएको हो । यस साता युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ), नाडेप लघुवित्त, फरवार्ड माइक्राेफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्याेरेन्सको बोनस सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस