Like us!
Follow us!
Connect us!
Watch us!

सेयर साप्ताहिक समिक्षाः ५ अर्बले बढ्यो कारोबार, नेपाल लाइफको अग्रता कायमै

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १६ : ४४ मा प्रकाशित

सेयर साप्ताहिक समिक्षाः ५ अर्बले बढ्यो कारोबार, नेपाल लाइफको अग्रता कायमै

नेप्सेको दोस्रो बजार कारोबार रकम अघिल्लो साताको तुलनामा यो साता १९.३८ प्रतिशतले बढेको छ ।

अघिल्लो साता दोस्रो बजारमा २२ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा यो साता कारोबार रकम करिब ४ अर्ब ५० करोडले बढेर २७ अर्ब १७ करोडभन्दा माथि पुगेको हो ।

यो साता पनि नेप्सेमा सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बनेको छ । अघिल्लो २ साताको साप्ताहिक कारोबारमा पनि कम्पनीकै सर्वाधिक रकमको करोबार भएको हो । यो साता कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

यो साता धितोपत्र कारोबारमा सबैभन्दा बढी कित्ता सेयर प्रभु बैंकको बिक्री भएको छ । यो साता बैंकको २ करोड ३४ लाख कित्ताको कारोबार भएको हो ।

अघिल्लो साताको अन्तसम्ममा नेप्से २०८७.२८ को बिन्दुमा पुगेको थियो भने यो सातामा नेप्से ११०.२१ अंकले बढेर २१९४.४९ को बिन्दुमा पुगेको छ । नेप्से ११० अंकले बढ्दा यो साता बजारको पूँजीकरण पनि १ खर्ब रुपैयाँ भन्दा बढिले बृद्धि भएको छ ।

अघिल्लो साताको अन्त्यसम्ममा बजारको पूँजीकरण २८ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा यो साता बजारको पूँजीकरण बृद्धि भएर २९ खर्ब २८ अर्ब भन्दामाथि पुगेको हो । नेप्सेका विभिन्न १२ उपसमुहरुमध्ये यो साता सबैभन्दा बढी कारोबार बैंकिङ उपसमुहको भएको हो ।

बैकिङ उपसमुहको यो साता ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता नेप्सेमा २१५ वटा कम्पनीको सेयर कारोबार भएकोमा कारोबार रकमको ३८.५५ प्रतिशत कारोबार मुख्य १० कम्पनीहरुको भएको हो । नेप्सेमा यो साता २१५ कम्पनीको २७ अर्ब १७ करोड रुपैयाको कारोबार हुँदा १० कम्पनीको १० अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको