Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : कारोबार रकम २१ अर्ब नाघ्यो, बजार पुँजीकरण ४४ खर्ब माथि

अर्थ संसार

शनिबार, ०५ भदौ २०७८, ११ : २९ मा प्रकाशित

साताको सेयर बजार : कारोबार रकम २१ अर्ब नाघ्यो, बजार पुँजीकरण ४४ खर्ब माथि

यो साता पनि नेपाली सेयर बजारका लागि सेयर ऐतिहासिक नै रह्यो । पछिल्लो समय नेपाली सेयर बजारमा दिनहुँजसो नयाँ रेकर्ड बन्न थालेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक मात्र होइन, कारोबार रकममा समेत उछाल नै देखिन थालेको छ । बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्न थालेको छ भने लगानीकर्ताहरु सेयर बजारमा उत्साहित हुन थालेका छन् । पछिल्लो समयमा सेयर बजारमा देखिएको रेकर्ड यसका उदाहरण हुन्  ।

नयाँ रेकर्ड बनेपनि यो साता बजारमा ठुलो परिवर्तन भने आएको छैन । मौद्रिक नीतिपछि लगानीकर्ताहरु अन्योलमा रहेको देखिन्छ । लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा नै छन्  । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा मार्जिन कर्जाको सीमा १२ करोडमा सीमित गरिएको छ । यसले बजारमा लगानी घट्ने भन्दै उक्त नीति सच्याउन लगानीकर्ताहरुले माग गरेका छन् । 

यो साताको सेयर बजारको कुरा गर्नुपर्दा यस साता पनि बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचकमा थोरै वृद्धि भए पनि कारोबार रकममा भने वृद्धि भएको छ । यो साता नेप्से परिसूचक भने १.७८ अंकले मात्र वृद्धि भएको छ । गत साता ३१७९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ३१८०.७८ विन्दुमा बन्द भएको हो । 

साताको ५ कारोबार दिनमा दुई दिन बजार घटेको छ भने बाँकी तीन दिन बजारले उकालो यात्रा तय गरेको छ । पहिलो कारोबार दिन २४.५७ अंकले र पाँचौं कारोबार दिन १८.२४ अंकले बजार घटेको बजार दोस्रो दिन ५.७२ अंक, तेस्रो दिन ०.२३ अंक र चौथो दिन ३८.२८ अंक बजार बढेको हो । साताको चौथो कारोबार दिन भने नेप्सेले ३१९८.६० विन्दु कायम गरी ऐतिहासिक रेकर्ड तोडेको थियो ।

यद्यपी यस साता नेप्से सूचक ३२२७ विन्दु आसपाससम्म पुगेको छ । बजार बन्द हुँदा ३१९८.६० विन्दु कायम गरी नयाँ रेकर्ड राखेको भए पनि यो साता इन्ट्रा डे कारोबारमा नेप्सेले ३२ सयको बिन्दु पर गरि रेकर्ड ब्रेक गरेको हो । 

यता सेन्सेटिभ परिसूचक भने १.०१ अंक घटेर ५९०.१५ विन्दुमा झरेको छ । गत साता सेन्सेटिभ परिसूचक ५९१.१६ विन्दुमा थियो । 

यो साता सेयर बजारमा ९७ अर्ब ५९ करोड ६१ लाखभन्दा बढीको सेयर खरीदविक्री भएको छ । यो गत साताको भन्दा १८ अर्ब ३३ करोड ५२ लाख ९६ हजार रुपैयाँले बढी हो । गत साता ७९ अर्ब २६ करोड ८ लाख ४० हजार रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

यो साता कुल बजार पूँजीकरण गत साताभन्दा ५ अर्ब ९१ करोड २६ हजार रुपैयाँले वृद्धि भएको छ । गत साता ४४ खर्ब ३७ अर्ब २७ करोड ५३ हजार रहेको कुल बजार पूँजीकरण यो साता. ४४ खर्ब ४३ अर्ब १८ करोड ७९ हजार रुपैयाँ कायम भएको हो । बजार पुँजीकरण ४४ खर्ब माथि पुगे पनि बजारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले अझै लीड गर्न सकेको छैन । अहिले साना तथा मध्यम समूहले नै बजारलाई अगाडी बढाइरहेको अवस्था छ ।
 
यस साता सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरको छ । आइतबार हालसम्मकै उच्च २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । सोमबार साताकै थोरै १५ अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस साता औसतमा दैनिक १९.५२ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।  

जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ङादी ग्रुप पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको