Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार रकममा नयाँ रेकर्ड, १० अर्बले बढ्यो कारोबार

नेप्से

शुक्रबार, १६ माघ २०७७, १५ : ३२ मा प्रकाशित

सेयर कारोबार रकममा नयाँ रेकर्ड, १० अर्बले बढ्यो कारोबार

यो साता धितोपत्रको दोस्रो बजार कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । सातामै दुई दिन आइतबार र बिहिबार सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो । 

आइतबार बनेको सर्वाधिक कारोबार रकमको रेकर्ड बिहिबारको कारोबारका क्रममा ब्रेक भएको हो । अघिल्लो साता नेप्सेमा ३४ अर्ब १६ करोड रुपैयाँभन्दा माथिको कारोबार भएकोमा यो साता भने कारोबार रकम ३०.१४ प्रतिशतले बढेर ४४ अर्ब ४६ करोड रुपैयाँ नाँघेको छ ।

अघिल्लो सातामा दैनिक कारोबारको रेसियो ६ अर्ब ८३ करोड रहेकोमा यो साता बढेर ८ अर्ब ८९ करोड पुगेको छ । दैनिक कारोबार रकम अघिल्लो साताको तुलनामा यो साता ३०.१४ प्रतिशतले बृद्धि भएको हो ।

यो सातामा नेप्से परिसुचक ५ं०.६६ अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक २३७४.६ को बिन्दुमा  थियो । यो साताको साप्ताहिक कारोबारबाट नेप्से २.३१ प्रतिशतले बढेर २४२५.३ को बिन्दुमा पुगेको छ ।

अघिल्लो साता सेयर बजारको पूँजीकरण ३१ खर्ब ९८ अर्ब रहेकोमा यो साता ६६ अर्बले बढेर ३२ खर्ब ६६ अर्ब पुगेको छ । 

अघिल्लो साता जस्तै यो साता पनि धितोपत्र बजारमा सर्वाधिक कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । अघिल्लो साता २ अर्ब ३७ करोडको सेयर कारोबार भएको कम्पनीको यो साता भने ४ अर्ब २३ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको हो ।

त्यसै गरि यो साता धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता सेयरको कारोबार नेशनल हाइड्रोेपावर कम्पनीको  भएको छ । कम्पनीको ३६ लाख ३० हजार भन्दा बढी कित्ताको कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको