Like us!
Follow us!
Connect us!
Watch us!

नेबिको बिस्कुट कारखानामा भएको आगलागी १० घण्टापछि नियन्त्रणमा

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १३ : ४७ मा प्रकाशित

नेबिको बिस्कुट कारखानामा भएको आगलागी १० घण्टापछि नियन्त्रणमा

गएराति करिब २ बजेरदेखि लागेको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । गएराति करिब २ बजेरदेखि सुरु भएको आगलागी १० घण्टापछि बल्ल नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । आगलागी नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी हालिएको थियो ।  प्रहरीका अनुसार अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । 

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ ।  

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । एक अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । आगलागी के कति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क भने आइसकेको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको