Like us!
Follow us!
Connect us!
Watch us!

कोभिशिल्डको दोस्रो डोज खाेप सोमबारदेखि लगाइने, कहाँ-कहाँ छन् खाेप केन्द्र ?

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १३ : ४४ मा प्रकाशित

कोभिशिल्डको दोस्रो डोज खाेप सोमबारदेखि लगाइने, कहाँ-कहाँ छन् खाेप केन्द्र ?

कोभिशिल्ड खोपको पहिलाे मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप भाेलि (साेमबार) देखि लगाइने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते एस्ट्राजेनेकाको खोप दिने भएको हाे ।

भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंले, काठमाडौंको १२ वटै स्थानीय तहमा खोप केन्द तोकेको छ ।

ताेकिएका खाेप केन्द्रहरू यस प्रकारका छन् :

610f910ccd812.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको