Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १ अर्ब २६ कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १४ : ०८ मा प्रकाशित

राष्ट्र बैंकले १ अर्ब २६ कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब २६ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल भदाै १ गतेदेखि २०७९ साल भदाै १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले साउन २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6110e7b896f93.jpg 6110e7be4c679.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको