Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युुत उत्पादनसंगै बढ्यो शिवश्री हाइड्रोपावरको आम्दानी

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ०७ : ४६ मा प्रकाशित

बिद्युुत उत्पादनसंगै बढ्यो शिवश्री हाइड्रोपावरको आम्दानी

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा  १ करोड ८४ लाख १० हजार रुपैयाँ कमाउन सफल भएको भएको छ । कम्पनीको बिद्युत उत्पादन गत जेठ ९ गतेबाट सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको माथिल्लो चाकु ए जलविद्युत आयोजना बाट २२.२ मेगावाट विद्युत उत्पादन सुरु भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ८ लाख २७ हजार रुपैयाँ बिद्युत बिक्रिबाट आम्दानी गरेको छ भने कम्पनीको सञ्चालन मुनाफा ३ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ।

हाल चुक्ता पुँजी  १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ८४ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ११ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६६.११ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको