Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्री हाइड्रोपावर १०.३३ करोड घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ०८ : ३२ मा प्रकाशित

शिवश्री हाइड्रोपावर १०.३३ करोड घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ  । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ८ करोड ४९ लाख १९ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी २८ रुपैयाँँ ६९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः
 

618b334d45660.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको