Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जा विकास कम्पनीः इपिएस ४ पैसा, पिई रेसियो ९३८८.९४ !

अर्थ संसार

बुधबार, २७ साउन २०७८, ०६ : १८ मा प्रकाशित

हिमालयन उर्जा विकास कम्पनीः इपिएस ४ पैसा, पिई रेसियो ९३८८.९४ !

हिमालयन उर्जा विकास कम्पनी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा  ३ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

विद्युत बिक्री आम्दानी नभएको यस कम्पनीको अन्य आम्दानी घटेका कारण खुद नाफामा कमी आएको हो । समिक्षा अवधिमा कम्पनीले अन्य आम्दानी १३ लाख ८५ हजार रुपैयाँ कमाएको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले यो शिर्षकमा ७१ लाख ३४ हजार ७१३ रुपैयाँ आम्दानी गरेको थियो । 

हाल चुक्ता पुँजी  ९९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ७१ लाख ७६ रुपैयाँ नकारात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९३९९.४४ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको