Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर सेयर मूल्य बढिरहेको ङादी ग्रुपको नाफामा उछाल, इपिएस कति ?

अर्थ संसार

विहीबार, २८ साउन २०७८, ०७ : ३५ मा प्रकाशित

निरन्तर सेयर मूल्य बढिरहेको ङादी ग्रुपको नाफामा उछाल, इपिएस कति ?

ङादी ग्रुप पापर लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १२ करोड २७ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा ५ करोड ८३ लाख ९१ हजार रुपैयाँमा सिमित थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ११०.२६ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र अन्य स्रोतको आम्दानी ५८.९९ प्रतिशतले बढेर २१ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको यस्ताृ आम्दानी १३ करोड ७८ लाख ५८ हजार रुपैयाँमा सिमित थियो ।

हाल चुक्ता पुँजी  ५८ करोड ९१ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ९५.६१ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २० रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.३५ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको