Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे महालक्ष्मी बाल बचत बीमा योजना

अर्थ संसार

विहीबार, २८ साउन २०७८, १६ : १९ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे महालक्ष्मी बाल बचत बीमा योजना

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले "महालक्ष्मी बाल बचत बीमा योजना" सार्वजनिक गरेको छ । एक समारोहकाबीच बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्री वितरणको लागि सुभारम्भ गरेका छन् ।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सकेपछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ । 

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५% बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५% बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको