Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको नाफा २७.३४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०५ : ४७ मा प्रकाशित

एभरेष्ट बैंकको नाफा २७.३४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा ३१.३५ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख रुपैयामा सिमित थियो ।  

यो अवधिमा बैंकले १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २६ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जालाई पनि घटाउन सफल भएको दखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.२२ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.१२ प्रतिशतमा झरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ९६ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २५.४३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ३१ करोड ४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.९६ प्रतिशतले घटेर २ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५८ करोड २६ लाख रूपैयाँ थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७५ करोड १५ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार १६.०४ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १० पैसाले घटेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा पुगेको छ बैंकको पीई रेसियो ३५.९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको