Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, ४७ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी !

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०६ : २५ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, ४७ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी !

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफा उल्लेख्य बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ३२ करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३०७.६१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ९९ लाख १६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६३ करोड ११ लाख १६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २७ करोड ५३ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा ३०७.६१ प्रतिशतले बृद्धि भएर ५१ करोठ ७० लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी ४१ करोड ९० लाख ५४ हजार रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ५६ करोड २ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १६५.६१ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४७ पैसाले बढेर ७७ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ४६.३५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको