Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ०७ : १५ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २१ हजार २ सय ५५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य १ हजार १ सय १५ रूपैयाँ तोकिएको छ । 

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई  ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यलयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको