Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको करिब १८ हजार कित्ता सेयर बिक्रिमा, सबैले किन्न पाउने

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ०७ : ४४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको करिब १८ हजार कित्ता सेयर बिक्रिमा, सबैले किन्न पाउने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १७ हजार ९ सय ४३ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ७५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछनर ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असोज ५ गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमांर्डामा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

63228733559ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको