Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माईक्रोफाइनान्सको संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ०६ : २० मा प्रकाशित

नेशनल माईक्रोफाइनान्सको संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १९ हजार १३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, निलखण्ठ ३ धादिङबेसीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ । 

संस्थाले प्रकाशन गरेको सूचनाः

629806209a475.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको