Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १० : ५० मा प्रकाशित

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । सरकार परिवर्तन भएकाे हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियाे । राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४:१५ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेकाे हाे ।

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

याे पटककाे मौद्रिक नीति पुँजी बजारमैत्री हुने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको