Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ११ : ०५ मा प्रकाशित

३ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम माैका

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (साउन २९ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साउन १९ गते, मंगलबारदेखि मेराे माइक्राेफाइनान्सकाे ८९ हजार ४ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार एक सय ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५९५ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ५०६ रुपैयाँ

नागरिक लगानी काेष = १४३६ रुपैयाँ

कति दिने आवेदन ?

लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । महुली लघुवित्तकाे सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको