नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ३५५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस