कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ३० हजार ४ सय १७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रिमा रहेको संस्थापक सेयरमा हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आजको ३५ दिन भित्र बैंको सेयर रजिष्ट्रार्ड कुमारी क्यापिटलको कार्यालय काठमाडौं १ नक्साल वा बैङ्कको केन्द्रीय कार्यालय टंगालमा आइपुग्ने गरि आबेदन दिन पर्नेछ ।
तोकिएको समयभित्र सो शेयर खरिदको लागि बिध्यमान संस्थापक शेयरधनीले आबेदन नदिएमा संस्थापक भन्दा बाहिर शेयर बिक्रिको प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस