Like us!
Follow us!
Connect us!
Watch us!

१५.६१ प्रतिशतले बढ्याे अरुण भ्यालीको नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १२ : ३४ मा प्रकाशित

१५.६१ प्रतिशतले बढ्याे अरुण भ्यालीको नाफा, ईपीएस कति ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १५.६१ प्रतिशतले बढेर ८ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ६ करोड ९८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी भने थाेरै प्रभावित भएकाे छ  । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी २२.५६ प्रतिशत घटेर ५ करोड ३६ लाख ८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ६ करोड ९२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १० करोड ७१ लाख ६५ हजार रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात ९२.५१ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

611618a78ebd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको