Like us!
Follow us!
Connect us!
Watch us!

थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाकाे मृत्यु

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १७ : ०२ मा प्रकाशित

थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १८ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण भएकामा ३ हजार ९ सय १५ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे । ११ हजार ७ सय ८ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ जनाको एन्टिेजन परिक्षण गर्दा १ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार २ सय ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार एक सय १८ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको