Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नाफा ५९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १७ : ०२ मा प्रकाशित

एनएमबि बैंकको नाफा ५९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ७३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५९.४२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा ६३.६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख रुपैया थियो ।  

यो अवधिमा बैंकले १ खर्ब ६४ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जामा केहि कम गर्न सफल भएको देखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २.६८ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर २.२७ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३.३२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ५६.४८ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ४५ करोड २ लाख रूपैयाँ थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ७ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार ९.२४ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४५ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा पुगेको छ बैंकको पीई रेसियो २६.२२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको