Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रीला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, कति दिनसक्छ लाभांश ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १० : २६ मा प्रकाशित

सांग्रीला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, कति दिनसक्छ लाभांश ?

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ८ करोड ५८ लाख १६ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख बढी निक्षेप संकलन गरी ३३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.१३ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा बढेर १.४० प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १४.०६ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा १०९.२१ प्रतिशतले बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २७ अर्ब ७७ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९७ करोड ९९ लाख ९४ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडा कोषको आकार ६९ करोड ९३ लाख ९५ हजार रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.८३ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १० प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बैंकले आफ्नो रिजर्भबाट समेत थप गरी लगानीकर्ताहरुलाई लाभांस वितरण गर्नसक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको