Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १२ : ५५ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औं वार्षिक साधारण सभा हिजाे (श्रावण ३१ गते, आइतबार) भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । 

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएकाे छ । साथै सभामा कम्पनीको आर्थिक वर्ष ०७७।०७८ को आषाढ मसान्तसम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रवाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइएकाे थियाे । 

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएका छन् । 

सभाले आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षकमा एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेकाे छ ।

सभामा शेयरधनीहरुले कम्पनीको व्यवस्थापनलाई आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा अगाडि बढ्न सुझाव दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको