Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको आईपीओेमा आजदेखी आवदेन दिन सकिने, कसले दिन पाँउछ आवेदन ?

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०६ : ५२ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आईपीओेमा आजदेखी आवदेन दिन सकिने, कसले दिन पाँउछ आवेदन ?

न्यादी हाइड्रोपावर लिमिटेडले आज भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएई क्यापिटलले गर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा।वि।स। र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो। बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपिओमा छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिनुपर्ने छ । कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको